Comments Add Comment

मालिंगाको कप्तानीमा श्रीलंकाली टिमको घोषणा

१ कात्तिक, काठमाडौं । अष्ट्रेलियाविरुद्ध टी–२० क्रिकेट सिरिज खेल्ने श्रीलंका टिमको घोषणा भएको छ ।

अक्टोबर २७ देखि घरेलु टोली अष्ट्रेलियाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज खेल्ने श्रीलंका टिमको घोषणा भएको हो । कप्तानको जिम्मेवारी लासिथ मालिंगालाई दिइएको छ ।

पाकिस्तानसँग केही दिनअघि ३–० ले टी–२० सिरिज जित्दा पनि कप्तानको भूमिकामा मालिंगा थिए ।

टी–२० क्रिकेटको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग तीन म्याचको सिरिज क्लीन स्वीप गरेको श्रीलंका अष्ट्रेलियाविरुद्ध पनि दोहोर्‍याउने लक्ष्यमा छ ।

श्रीलंका टिम

लासिथ मालिंगा (कप्तान), कुशल परेरा, कुशल मेन्दिस, दनुश्का गुनथिलका, अभिश्का फेर्नान्डो, निरोशान डिकवेल्ला, दसुन शानका, शेहान जयसुर्या, भनुका राजापाक्क्ष, ओशादा फेर्नान्डो, वानिन्दु हसरंगा, लक्शन सनादकान, नुवान प्रदीप, लाहिरु कुमारा, इसुरु उदना र कसुन राजिथा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment