Comments Add Comment

यमराजले बहिनी यमुनालाई के बरदान दिएका थिए ?

तिहारको सबैभन्दा महत्वपूर्ण दिन हो भाइटीका । लक्ष्मीपूजाको भोलिपल्ट गोवर्द्धन पूजा गरेपछि त्यसको भोलिपल्ट भाइटीका मनाइन्छ । यो वर्ष भोलि मंगलबार भाइटीका पर्व मनाइँदैछ ।

वास्वतमा भाइटीकाको इतिहास निकै पुरानो छ, जुन मृत्युका देवटा यमराज तथा उनकी बहिनी युमनासंग सम्बन्धित छ ।
यमराज हरेक वर्ष कार्त्तिक महिनाको शुक्ल पक्षको द्वितिया तिथिको दिन आफ्नी बहिनी यमुनालाई भेट्न उनको घर जान्छन् । बहिनीले पनि उनलाई टीका लगाइदिएर भोजन गराउँछिन् । यमराजले आफ्नी बहिनीलाई एउटा बरदान दिएका थिए, जसका कारण हरेक वर्ष भाइटीका पर्व मनाउन थालिएको हो ।

भाइटीकाको कथा

सूर्य देवकी श्रीमती संज्ञाका दुई सन्तान थिए । छोरा यमराज तथा छोरी यमुना । दुबै दाजु-बहिनीबीचमा गाढा प्रेम थियो । यमुना हरेक वर्ष आफ्ना दाजु यमराजलाई भेट्न उनको घर जाने गर्थिन् । उनको राम्रो-नराम्रो पक्षका बारेमा सोधखोज गर्थिन् । यमराजलाई पनि उनले आफ्नो घरमा बोलाउँथिन् । तर, विभिन्न कारणहरुले गर्दा उनी जान पाइरहेका थिएनन् ।

एक पटक यमराज पूर्व जानकारी नदिइ कार्त्तिक महिनाको शुक्ल पक्षको द्वितिया तिथिका दिन आफ्नी बहिनी यमुनाको घरमा पुगे ।

दाजुलाई देखेर यमुना निकै खुशी भइन् । उनले टीका लगाएर दाजुको स्वाग गरिन् । दाजुलाई स्वादिष्ट भोजन गराइन् । यमराजले पनि युमनालाई थुप्रै उपहारहरु दिए । जब उनी आफ्नीको घरबाट हिंड्न लागेका थिए, प्रेमवश उनले बहिनीलाई कुनै एउटा वरदान माग्नका लागि आग्रह गरे । त्यसपछि यमुनाले पनि यमराजसंग उनलाई हरेक वर्ष त्यही तिथिमा आफ्नो घरमा आउन र स्वादिष्ट भोजन गर्न आग्रह मात्र गरिनन्, यसैगरी जो दाजु-भाइ उक्त तिथिमा आफ्ना दिदी-बहिनीको घरमा जान्छन्, टीका लगाउँछन् र भोजन गर्छन्, आफ्ना दिदी-बहिनीहरुलाई उपहारहरु दिन्छन्, तपाईंले उनीहरुको सम्पूर्ण मनोकामनाहरु पुरा गरिदिनु होला । यसका साथै उनीहरुलाई तपाईंप्रति कुनै डर रहने छैन ।

यमराज आफ्नी बहिनीलाई अत्यन्त माया गर्दथे, त्यसैले उनले बहिनीलाई उक्त वरदान दिए । त्यसपछि त्यही दिनदेखि हरेक वर्ष त्यही तिथिमा भाइटीका पर्व मनाउने चलन चलेको धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment