Comments Add Comment

कालापानी समस्या समाधानका लागि कूटनीतिक पहल गर्न विवेकशीलको माग

२० कात्तिक, काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधानका लागि भारतसँग कुननीतिक पहल गर्न विवेकशील नेपाली दलले माग गरेको छ ।

भारत सरकारले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएपछि गर्माएको कालापानी मुद्दामा आफ्नो धारणा व्यक्त गर्दै विवेकशीलले समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो ।

परराष्ट्रस्तरबाट सीमा विवाद सल्ट्याउन दुई देशले प्राविधक तहबाट काम गरिरहेका बेला भारतले नेपाली भूमि नक्सामा राख्नु अनपेक्षित भएको विवकेशीलले बताएको छ ।

यस विषयमा नेपाल सरकारले आफ्नो पक्षका प्रमाणहरु नागरिक समक्ष जारी गरी कूटनीति पहललाई प्राथमिकतामा राख्नुपर्ने विवेकशीलले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment