Comments Add Comment

पीएसएल ड्राफ्टका लागि पाँच नेपाली क्रिकेटरको नाम सिफारिस

२१ कात्तिक, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टका लागि पाँच नेपाली क्रिकेटरको नाम पठाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक उमेश पटवालले सिफारिस गरेका नामहरु ड्राफ्टका लागि पठाएको हो । स्रोतकाअनुसार विनोद भण्डारी, करण केसी, पवन शरार्फ, ललित नारायण राजवंशी र आरिफ शेखको नाम पठाइएको छ ।

उनीहरुको नाम ड्रफ्टमा पर्ने निश्चित भने छैन । किनकी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेट संघलाई नाम माग्दा नै पीएसएलको ड्राफ्टमा राख्न पहल गर्ने तर निश्चित नहुने बताएको एक पदाधिकारीले जानकारी दिए ।

साथै एजेन्टमार्फत गइसकेको नामहरुलाई समावेश नगर्न पनि भनेको थियो । त्यसैले सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीलगायतको नाम क्यानले सिफारिस गरिएको छैन ।

पीएसल २०२० को फेब्रुअरी २० देखि २२ मार्चभित्र हुनेछ । प्लेयर ड्राफ्ट यही नोभेम्बरमा हुनेछ । २०१५ मा सुरु भएको पीएसएलको पाँचौं सिजन पाकिस्तानमा नै हुने प्रधानमन्त्री इमरान खानले यसअघि नै घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment