Comments Add Comment

तरुण दलको प्रदर्शन : लिपुलेक हाम्रो हो, ‘गो ब्याक इन्डिया’

२२ कार्तिक,बुटवल । भारतको नयाँ नक्सानमा नेपाली भूमि गाभिएपछि नेपाल तरुण दल रुपन्देही बिरोधमा उत्रिएको छ ।

नयाँ नक्सामा नेपालका बिभिन्न भूभाग भारतमा गाभिएकोबारे बुटवलमा तरुण दलले बिरोध प्रदर्शन गरेको हो ।

बुटवलमा भएको प्रदर्शनमा ‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’ लेखिएको प्ले कार्ड,नाराबाजी गरिएको थियो । उनीहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताए । भारतको यो हेपाहा प्रवृत्ति आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने बताएका हुन् । सरकारले तत्काल कदम चाल्न पनी उनीहरुले माग राखेका छन् ।

भारतले नेपालको भुभाग भारतीय नक्सामा राखेको विरोधमा भएको रुपन्देही बिहीबार नेबिसंघले राँके जुलुस निकालेको थियो ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । यसको देशभर नै चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment