Comments Add Comment

कफीको उत्पादन माग अनुसार हुन सकेन : परराष्ट्रमन्त्री ज्ञवाली

१ मंसिर, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बजारमा कफीको माग र आकर्षण अनुसार नेपालमा उत्पादन हुन नसकेको बताएका छन् ।

१५ औं राष्ट्रिय कफी दिवसको अवसरमा आइतबार गुल्मीको तम्घासमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले कफीको माग अनुसार उत्पादन गर्न नसक्नु दुःखद् भएको भन्दै किसानहरुलाई प्रेरित गरी सामूहिक रुपमा कफी खेतीमा लाग्न आग्रह गरे ।

विसं. १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुआत भएको स्मरण गर्दै उनले सोचे अनुरुप कफीको व्यवसायिक खेती हुने नसकेकोमा चिन्ता व्यक्त गरे ।

पहिले बजार नभएका कारण कफीका बिरुवाहरु काटेर फ्याक्ने गरेको भन्दै उनले अब किसानहरुलाई कफीको बजारका लागि समस्या नहुने बताए ।

कृषिमा आधुनिकरण र व्यवसायिकता नगएसम्म उत्पादनलाई बृद्धि गर्न नसकिने भन्दै मन्त्री ज्ञवालीले कृषिमा राज्यले उच्च प्रथामिकतामा राखेको बताए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले गुल्मीमा उत्पादन हुने कफीको चर्चा विदेशमा समेत हुने गरेको भन्दै अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने गरी व्यवसायीक रुपमा लाग्न आग्रह गरिन् । राज्यले कृषिमा यान्त्रीकरण गरी व्यवसायिकतामा जोड दिएको भन्दै उनले ढुक्क भएर कृषिमा लाग्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment