Comments Add Comment

सात मिनेटको अन्तरमा ३ गोल, तर जित्न सकेन म्यानचेस्टर युनाइटेडले

९ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतआइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडलाई शेफिल्ड युनाइटेडले ३-३ गोलको बराबरीमा रोकेको हो ।

म्यानचेष्टर युनाइटेडले सात मिनेटको अन्तरमा ३ गोल गरे पनि जित्न सकेन ।

पहिलो हाफमा म्यानचेस्टर युनाइटेड १-० ले पछि परेको थियो । १९ औं मिनेटमा शेफिल्डका फ्लेकले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई पछि पारेका थिए । ५२ औँ मिनेटमा शेफिल्डले मोएसेटको गोलबाट अग्रता दोब्बर बनायो ।

त्यसपछि म्यानचेस्टर युनाइटेड लयमा फर्कियो र ७२, ७७ र ७९ औं मिनेटमा तीन गोल गर्न सफल भयो । ७२ औं मिनेटमा विलियम्स, ७७ औँ मिनेटमा ग्रीनवुड र ७९ औं मिनेटमा राशफोर्डले गोल गरे । सात मिनेटको अन्तरमा गरेको तीन गोलबाट म्यानचेष्टर युनाइटेड ३-२ को अवस्थामा आयो ।

खेलको अन्तिम समयतिर अर्थात् ९० औं मिनेटमा शेफिल्डका म्याकबुर्नीले गोल गरेर म्यानचेष्टर युनाइटेडलाई जित्नबाट रोके । खेल ३-३ को बराबरीमा सकियो ।

बराबरीपछि म्यानचेष्टर युनाइटेडको १३ खेलबाट १७ अंक छ । ऊ अंकतालिकाको नवौं स्थानमा छ । यस्तै १८ अंकसहित शेफिल्ड युनाइटेड छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment