Comments Add Comment

निजगढ–काठमाडौं द्रुतमार्गः परामर्शदाता छान्न अन्तिम सूची सार्वजनिक

११ मंसिर, काठमाडौं । नेपाली सेनाले निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनौट सम्बन्धी अन्तिम सूची सार्वजनिक गरेको छ ।

प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । जसमा अधिकांश कोरियन कम्पनी छन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार योसिन इञ्जिनियरिङ, कोरिया एक्सप्रेसवे र फुङ्वा इञ्जिनियरिङ कन्सल्ट्यान्टको संयुक्त भेन्चर (जेभी), चीन इर्वान इञ्जिनियरिङ समूह, पीईसी र डचल्याण्ड प्लानिङ इञ्जिनियरिङ जनर्मनीको जेभी र अष्ट्रेलियाको एसएमईसी, कोरियाको डोङ्सुङ इञ्जिनियरिङ र कोरिया इञ्जिनियरिङ कन्सल्टेन्सीको जेभी अन्तिम सूचीमा परेका छन् ।

त्यस्तै, सिंगापुरको मेनहार्ड, कोरियाको योङ डोङ इञ्जिनियरिङ र कोरिया कन्सल्टेन्सी इन्टरन्याश्नलको जेभी, स्पेनको स्पेस्टिसा सर्भिस र कोरियाको सोसुङ इञ्जिनियरिङ कम्पनी र कोरियाको दसन कन्सल्ट्यान्ट र रिट्स लिमिटेड, भारतको संयुक्त भेन्चर छानिएका छन् ।

यसअघि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक हुनुअगावै भएको परामर्शदाता छनौट प्रक्रिया रद्द भएको थियो । छनौट प्रक्रिया अगावै मूल्यांकन मापदण्ड चुहाएको विषयमा रक्षा मन्त्रालय र जंगीअड्डामा उजुरी परेपछि प्रक्रिया रद्द गरेर नयाँ छनौट थालिएको थियो ।

यो पनि पढ्नुहोस फास्ट ट्रयाकको परामर्शदाता छनोटअघि नै मापदण्ड बाहिरियो

प्रधानसेनापति पूर्णचन्द्र थापाले लिएको पारदर्शिता र आर्थिक सुशासनमा शुन्य शहनशीलताको नीति अनुरुप प्रश्न उठ्ने वित्तिकै छनौट प्रक्रिया रद्द गरेर नयाँ आह्वान गरिएको जंगीअड्डाले जनाएको थियो । रद्द भएका कम्पनीमध्ये सुसुङ इञ्जिनियरिङ र सिंगापुरको मेनहार्ड फेरि अन्तिम ६ कम्पनीको सूचीभित्र परेका छन् भने अमेरिकाको लुइस वर्जरसहित अन्य केही कम्पनी सूचीमा परेनन् ।

परामर्शदाता छनौटका लागि पुनः गरिएको आह्वानमा २२ वटा विदेशी कम्पनीले आशय पत्र पेश गरेका थिए । बुधबार तीमध्ये ६ कम्पनीको सूची सार्वजनिक गरिएको हो । छनौट सूचीमा परेका कम्पनीहरुसँग अब आर्थिक प्रस्ताव माग गरेर अन्तिम सूची निकालिने जनाइएको छ ।

यसअघि भएको छनौटमा मापदण्ड चुहाउने व्यक्ति फेला पार्न नसकेपछि छानविनका लागि गठित बोर्डले पूर्वप्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड, सहायक रथी शरदलाल श्रेष्ठसहित प्राविधिक मूल्यांकन बोर्डका ७ जनालाई सदस्यलाई सचेत गराउन सुझाएको थियो । छानविन अवधिभर आयोजना प्रमुख श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको थियो ।

यो पनि पढ्नुहोस द्रुतमार्ग निर्माणको ड्रोनमार्फत निगरानी गर्दै सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment