+
साग महिला फुटबल :

हिमालको काखमा अभ्यास गर्दै नेपाली फुटबलर

२०७६ मंसिर  १५ गते १०:४५ २०७६ मंसिर १५ गते १०:४५
हिमालको काखमा अभ्यास गर्दै नेपाली फुटबलर

१५ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पोखरा रंगशाला ‘मुस्किल’ले तयार भएको छ ।

केहीदिन अघिमात्रै बिच्छ्याइएको दूबो आधा उम्रेको छ आधा उम्रिन बाँकी छ । प्यारापिट लगायतका काम शनिबार सकिएको छ । मैदानबाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । कामदार आफ्नो काम निरन्तर गरिरहेका छन् ।

यही मैदानमा १३ औं साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता मंसिर १७ देखि हुँदैछ ।

सागमा भाग लिने नेपाली महिला फुटबल टोलीले त्यही नवनिर्मित फुटबल स्टेडियममा आइतबार ‘ओपनिङ टच’ गरेका छन् । प्रष्ट खुलेको माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखला हेर्दै फुटबल गुडाउन पाउँदा खेलाडीमात्रै होइन, प्रशिक्षक हरि खड्का पनि मख्ख छन् ।

‘खेलाडीले धेरै मेहेनत गरेका छन् । पोखरा फुटबल स्टेडियम बन्न पनि धेरै मेहेनत भएको छ,’ प्रशिक्षक खड्का भन्छन्, ‘यो मेहेनतलाई जितमा बदल्न खेलाडीहरु तयार छन् ।’ उनी पछिल्ला केही वर्षयता नेपाली महिला फुटबल टोलीले खेल सुधार गरेकाले भारत पनि बलियो प्रतिद्वन्द्वी नभएको प्रतिक्रिया दिए ।

सागका अघिल्ला संस्करणहरुमा नेपाल बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित हुँदै आएको छ ।

यो पटक घरेलु मैदानको फाइदा उठाउँदै अघिल्ला हारको बद्ला लिने प्रशिक्षक खड्काले सुनाउँछन् । भन्छन्, ‘भारतीय टोली र नेपाली टोलीको लेबल एउटै हो । अहिले साफ च्याम्पियनसिपदेखिको स्ट्रेन्थलाई युज गरेर टाइटल जित्न चाहन्छौं ।’

टोलीका लागि स्ट्राइकरको जिम्मेवारी सम्हालिरहेकी सावित्रा भण्डारी पनि खेल जित्नेमा ढुक्क छिन् । ‘विगतमा भएका गल्ती सुधार्दै घरेलु मैदानमा नेपाली खेलकुदमा एउटा इतिहास बनाउन तयार छौं,’ उनले अनलाइनखबरसँग भनिन्, ‘घरेलु मैदानको फाइदा उठाउँदै सारा नेपालीलाई खुसी दिलाउन चाहन्छौं ।’

मंसिर १७ गतेबाट सुरु हुने साग महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलंकासँग भिड्ने छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र माल्दिभ्स गरी ४ देशमात्रै सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछन् ।

दक्षिण एसियाली खेलकुद पोखरा
लेखक
विकास रोकामगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय