+
+
Shares

कालो पहिरनमा वर्षा र केकी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १५:०८

नायिका केकी अधिकारी र अर्की नायिका वर्षा राउतले पर्दामा एकसाथ काम त गरेका छैनन् । तर, केकी र वर्षा म्यूजिक भिडियोदेखि चलचित्रमा भने गजबैले जमेका छन् । यी दुई नायिका हालै मात्र अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी भएका थिए ।

यो समारोहमा नायिका वर्षा राउतले ‘जुरी अवार्ड’ प्राप्त गरिन् । नायिका केकी अधिकारीको भने प्रस्तुतिले दर्शकको मन जित्यो । वर्षाले पनि अवार्ड समारोहमा नृत्य गरेकी थिइन् । दुबै जना नायिका कालो रंगको पहिरनमा सजिएका थिए । दुबैलाई कालो रंगको पहिरन खुबै सुहाएको थियो ।

अन्तरराष्ट्रिय मञ्चमा कलाकारहरुले आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी राखेका हुँदैनन् । केकी र वर्षाले पनि यो अवसरको सदुपयोग गर्ने नै भए । सामाजिक संजालमा पनि केकी र वर्षा दुबैलाई कालो रंगको पहिरन सुहाएको भन्दै तारिफ भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?