
२१ पुस, वीरगञ्ज । वीरगञ्जको ड्राईपोट–परवानीपुर सडक खण्डमा एक युवकको शव फेला परेको छ । अन्दाजी २५ बर्षका युवकको पहिचान खुल्न सकेको छैन ।
टाउको र घाँटीमा चोेट लागेको अवस्थामा शव फेला परेको जिलला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए । ‘टाउको र घाँटीमा काटेको घाउको चोट छ’ उनले भने ‘घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएका छौं ।’
युवकको सनाखत गर्न र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
धारिलो हतियारले काटेको चोट टाउको र घाँटीमा देखिएकोले युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ । स्थानीयले शव देखेपछि आइतबार साँझ प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4