+

सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरे

२०७६ पुष  २३ गते १५:३३ २०७६ पुष २३ गते १५:३३
सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरे

२३ पुस, काठमाडौं । सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । यो सिजन च्यासल युथ क्लवबाट खेलिरहेका उनले  बुधबार नेपाल पुलिसविरुद्ध गोल गर्दै उनले उक्त कोसेढुङ्गा पूरा गरेका हुन् ।

१७ औं मिनेटमा च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न त प्रयास गरे पनि पूर्ण क्लियर गर्न नसक्दा सन्ताषे साहुखलले गोल गरे ।

यस सिजनमा उनको यो चौथो गोल हो ।

सिजनको पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए । तर एनआरटी र जावलाखेलसँग भने उनले गोल गर्न सकेका थिएनन् ।

२०६० मा थ्री स्टारबाट लिग खेल्न सुरु गरेका सन्तोषले पहिलो सिजन ६ गोल गरेका थिए ।

उनले २०६० मा संकटाविरुद्ध लिगमा डेब्यु गोल गरेका थिए ।

लिगमा सन्तोषको गोल

२०६० : ६ गोल (थ्री स्टार)

२०६१ : ६ गोल (एपीएफ)

२०६२ : ९ गोल (थ्री स्टार)

२०६३ : ११ गोल (थ्री स्टार)

२०६६-६७ : १९ गोल (थ्री स्टार)

२०६८ : १६ गोल (मनाङ)

२०६९ : १७ गोल (थ्री स्टार)

२०७० : ९ गोल (थ्री स्टार)

२०७५ : ३ गोल (च्यासल)

२०७६ : ४ गोल (च्यासल) खेल जारी

ए डिभिजन लिग नेपाली फुटबल सन्तोष साहुखल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय