+
+
Shares

प्रदेश १ मा थपिए चार राज्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १७:२९

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।

प्रदेश १ मा सात वटा मन्त्रालय छन् । तर प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।

शनिबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री पद रिक्त राखेर राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?