+

स्मिथमाथि रोहितको शतक भारी, भारतले जित्यो सिरिज

२०७६ माघ  ५ गते २२:५४ २०७६ माघ ५ गते २२:५४
स्मिथमाथि रोहितको शतक भारी, भारतले जित्यो सिरिज

रोहित शर्माको शतक प्रेरित भारतले अष्ट्रेलियालाई तेस्रो एकदिवसीय क्रिकेटमा ७ विकेटले पराजित गर्दै सिरिज जितेको छ ।

पहिलो खेल १० विकेटले हारेको भारतले त्यसयता पुनरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज २-१ ले पोल्टामा पारेको हो ।

बैंगलुरुमा भएको खेलमा भारतले अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरे ।

ओपनर रोहितले ११९ रन बनाए । रोहितले १२८ बल खेल्दै ८ चौका र ६ छक्का प्रहार गरे । विराटले ९१ बल खेल्दै ८ चौकाको मद्दतमा ८९ रन बनाए । श्रेयस अयेरले ३५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अविजित ४४ रन योगदान गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २८६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले शतक र मार्नुस लाबुसचेनले अर्धशतक बनाए । स्मिथले ३ वर्षपछि एकदिवसीयमा शतक बनाउने क्रममा १३२ बल खेल्दै १४ चौका र १ छक्काको मद्दतमा १३१ रन बनाए ।

लाबुसचेनले एकदिवसीयमा पहिलो अर्धशतक बनाउने क्रममा ६४ बल खेल्द ५ चौकाको मद्दतमा ५४ रन बनाए । विकेटकिपर एलेक्स केरीले ३५ रन जोडे ।

बलिङमा भारतका लागि मोहम्मद शामीले ४ तथा रविन्द्र जडेजाले २ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय