Comments Add Comment

२ लाख घुससहित इन्जिनियर पक्राउ

७ फागुन, काठमाडौं । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्ट २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

चमेलिया नदी नियन्त्रण तथा तटवन्धन आयोजना उपभोक्ता समितिसँग लिएको १ लाख रुपैयाँ र स्रोत नखुलेको १ लाख गरी जम्मा २ लाख रुपैयाँसहित भट्ट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरी दिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा इन्जिनियर भट्टलाई पक्राउ गरिएको उनले बताए ।

इन्जिनियर भट्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment