Comments Add Comment

वडाध्यक्ष अहिरमाथि दुर्व्यवहारको आरोप

निम्मित प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियार ।

७ फागुन, वीरगञ्ज । पर्साको बिन्दाबासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारमाथि दुर्व्यवहार भएको छ ।

गाउँ कार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले आफूलाई दुर्व्यवहार गर्नुको साथै हातपात गरेको रौनियारले बताए । बोर्ड बैठकको बिषयलाई लिएर आफूमाथि वडाध्यक्ष अहिरले गाली गलौज गर्दै दुर्व्यवहार गरेको अधिकृत रौनियारले आरोप लगाए ।

अधिकृत रौनियार भने “आइतबार बोर्ड बैठक बसेको थियो, उहाँले सो बोर्ड बैठकमा सहभागी हुनु भएको थिएन । तर एकासी बुधबार कार्यालयमा आएर गाली गलौज गर्दै कुटपिट गर्ने धम्की समेत दिनु भएको छ ।”

सो बिषयमा आफूले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई समेत मौखिक जानकारी गराईसकेको अधिकृत रौनियारले बताए

वडा अध्यक्ष अहिरले भने धम्की दिएको नभई अधिकृत रौनियारलाई सम्झाएको बताएका छन् । कार्यपालिका सदस्यलाई जानकारी नै नदिई गाउँपालिका अध्यक्षसँग मिलेर बोर्ड बैठक गराएकोले आइन्दा यस्तो गल्ती नगर्नु भनेर सम्झाएको उनको दाबी छ ।

‘अधिकृत हो त राजा भइहाल्यो, प्रधानमन्त्री भइहाल्यो, जे गरेपनि सहनु ? चोरी गरेर सभा गर्ने ?  अध्यक्षले जे भन्यो त्यही गर्न मिल्छ ?, ’ उनले भने, ‘ सम्झाएर ‘अब गल्ती करब त मार खाइब’मात्रै भनेको हुँ । उसले गल्ती भयो भनेर ५० जनाको सामुन्ने माफी समेत मागेको छ । मैले उसलाई केही गरेको छैन । यसो नगर्नु भनेर सम्झाउँदा धम्की भइहाल्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment