+
+
Shares

सफाइ पाएपछि महराको वक्तव्य : स्वाधीनताको रक्षा पहिलो प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १९:११

५ फागुन, काठमाडौं । बलात्कार प्रयासको आरोपमा जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् । लगत्तै डिल्लीबजार कारागारबाट छुटे

रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’

महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदमा रोकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कतिपयले एमसीसी रोकेकै कारण महरालाई फसाइएको दाबीसमेत गरेका थिए ।

त्यही सम्झौतालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद कायमै छ । प्रधानमन्त्री ओली एमसीसी तत्काल पास गर्नुपर्ने पक्षमा छन् भने केही नेताहरु यथास्थितिमा पास गर्न नसकिने पक्षमा छन् । जेलबाट छुटेलगत्तै महराले ‘स्वाधीनताको रक्षा पहिलो प्राथमिकता भनेर एमसीसीतिर संकेत गरेको हुनसक्ने कतिपयको अनुमान छ । यद्यपि महराले वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।

महराले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको तर अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको बताएका छन् । साथै उनले आफूप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?