Comments Add Comment

महराले भने : कारागारमा राम्रो व्यवहार भयो, धन्यवाद

५ फागुन, काठमाडौं । बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा भएका छन् ।

डिल्लीबजार कारागारबाट रिहा हुँदा उनलाई स्वागत गर्न दुई बुहारी, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हिमाल शर्मा र कार्यकर्ता पुगेका थिए । रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे ।

साथै उनले आफू निर्दोष भएको बताए । अरु विषयमा पछि बोल्ने महराले बताए ।

संसद सचिवालयकै एक महिला कर्मचारीलो बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस ‘महरा सरलाई मैले होइन राजनीतिक षड्यन्त्रले जेल हालियो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment