+
+
Shares

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत २०८२ मा महरासहित २९ जनाविरुद्ध विमानस्थलबाट सुन तस्करी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
  • १० पुस २०७९ मा चिनियाँ नागरिकले ल्याएको विद्युतीय चुरोट (भेप) भित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको अख्तियारको दाबी छ ।

१७ जेठ, काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई विद्युतीय चुरोट (भेप)भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत, २०८२ मा पूर्वसभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुल सहित २९ जनामाथि भ्रष्टाचारमुद्दा चलाएको थियो ।

१० पुस, २०७९ मा फ्लाई दुवईबाट चिनिया नागरिक लि हाङ सोङले २ वटा सुटकेश ल्याएका थिए । त्यसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट(भेप) थियो । त्यसमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूले मिलेमतो गरेको अख्तियारको आरोप थियो ।

शंकास्पद देखिएको मालवस्तुको भौतिक रुपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप थियो ।

त्यसरी बरामद गरिएको सामान गोदाममा बन्द गरी राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखेको र सुन छुटाउने समूहका व्यक्तिहरूसँग अस्वभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले महरा लगायतमाथि मुद्दा चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?