Comments Add Comment

युवा ब्याडमिन्टन स्टार प्रिन्सले युरोपमा दुई सिरिज खेल्ने

काठमाडौं । युवा नेपाली ब्याडमिन्टन प्रिन्स दाहालले युरोपमा दुई जुनियर यन्टरनेशनल च्याम्पियन खेल्ने भएका छन् । त्यसका लागि प्रिन्ससहित तीन सदस्यीय टोली मंगलबार युरोप प्रस्थान गरेका छन् । प्रिन्सले नेदरयाण्ड र जर्मनीमा एक-एक सिरिज खेल्नेछन् ।

प्रिन्सले नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्ने उनका मामा तथा प्रशिक्षक कमलेस निरौलाले अनलाइनखबरलाई बताए । प्रिन्स र कमलेससंगै नेपाली टिम म्यानेजरमा सुवास श्रेष्ठ पनि छन् ।

प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)को जुनियर वरियतामा ११औं स्थानमा रहेका छन् । विश्व वरियताकै उनले दुई सिरिज खेल्ने अवसर पाएको निरौलाले बताए ।

प्रिन्सले यसअघि दुबई जुनियर इन्टनेशन सिरिजमा स्वर्ण जितेका थिए । उनले सुरुमा नेदरल्याण्डमा खेल्नेछ । नेदरल्याणड्समा योनेस्क डच जुनियर इन्टरनेशनल यही फेब्रुअरी २६ देखि मार्च १ सम्म हुनेछ । त्यसपछि जर्मनीमा हुने सिरिजका लागि प्रिन्स जर्मनी जानेछन् । जर्मन सिरिज मार्च ३ देखि ८ सम्म हुनेछ ।

प्रिन्सको टिमलाई मंगलबारै काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, अम्पायर उदय अर्याललगायतले बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment