Comments Add Comment

वडाध्यक्ष सिंह र नगरप्रमुख महासिंहजस्ता भए : प्रदीप गिरी

१५फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले स्थानीय तहका वडाध्यक्षहरु सिंहजस्तो भएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा संघ, प्रदेश तथा स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थापन विधेयक २०७६ माथिको छलफलमा भाग लिँदै सांसद गिरीले वडाध्यक्ष सिंह र नगरपालिका प्रमुख महासिंहजस्तो भएको टिप्पणी गरेका हुन् ।

गाउँमा सिहंदरबार ल्याएकाले वडाध्यक्ष सिंह भए, नगरपालिका प्रमुख महासिंह भए, (अधिकारको) दुरुपयोग भएको छ’ उनले भने ।
गिरीले स्थानीय जनप्रतिनिधिले गाउँलाई सिंहदरबार बनाएको भन्न छाड्नुपर्ने बताए ।

‘उनीहरुले यो बुझ्नुपर्छ सिंहदरबार बनाएको होइन सिंहदरबारलाई दोहोर्‍याउन पाइँदैन । गाउँमा किसानको सरकारको ल्याउने हो । जनसरकार ल्याउने हो’ उनले भने ।

तर स्थानीय तहमा अनियमितता भइरहेको आरोप लगाएर स्थानीय तहको अधिकार कटौती गर्न भने नमिल्ने सांसद गिरीले बताए । ‘तर त्यो कुरा त्यहीँ अभ्यासबाटै सिकिन्छ । साइकल सिक्दा नलडी सिकिदैन’ उनले भने ।

गिरीले थपे, ‘केन्द्रले लिन सक्नेजति अधिकार लेओस् तर उसले लिन नसक्ने अधिकार तल देओस् ।’

उनले संघ, प्रदेश र स्थानीय तहबीच विवाद भएमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट छिटो फैसला हुने व्यवस्था गर्नुपर्ने पनि बताए र सहमतिको नाममा कमजोर निकायमाथि थिचोमिचो गर्न नपाइने गिरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment