Comments Add Comment

भैरहवा ग्लाडियटर्समा तीन विदेशी खेलाडी अनुबन्धित

१८ फागुन, काठमाडौं । एभरेष्ट प्रिमियर लिगका लागि भैरहवा ग्लाडियटर्सले ३ जना विदेशी खेलाडी अनुबन्धित गरेको छ ।

उसले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र ब्याट्सम्यान मिलिन्डा श्रीवार्दाना र ओमानका बलर बिलाल खानलाई भित्र्याएको हो । अलराउन्डर जीवनले ५८ एकदिवसीय खेलमा ६ सय ३६ रन बनाएका छन् ।

देब्रे हाते ब्याट्सम्यान मिलिन्डा श्रीवार्दानाले एकदिवसीय अन्तर्राष्ट्रियको २७ खेलमा ५ सय १६ रन जोडेका छन् । लेफ्ट आर्म फास्ट मिडियम बलर बिलाल खानले हामलै काठमाडौंमा सम्पन् आईसीसी लिग टु च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले सन् २०१९ को टी ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा १८ विकेट लिएका छन् । इपीएलका लागि भैरहवाले वेष्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथ अनुबन्धित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment