Comments Add Comment

यू-१९ दुई दिवसीय क्रिकेट उपाधि होड रोमाञ्चक, एकै दिन ३४ विकेट झर्‍यो

काठमाडौं । हिमालयन क्रिकेट लिग (एचसीएल) यू-१९ दुई दिवसीय क्रिकेटको उपाधि विजेताको टुङ्गो सोमबार लाग्दैछ । आइतबार पहिलो दिनको खेलपछि उपाधि होड भने रोमाञ्चक बनेको छ । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) भएको फाइनलको पहिलो दिनै चार इनिङ्स भएको खेलमा कुल ३४ विकेट झरेको थियो ।

उपाधि जित्न अब जिएचसीएलाई ७० रन आवश्यक छ भने केसीटीसीले ६ विकेट लिनुपर्नेछ । केसीटीसीले दिएको ११५ रनको लक्ष्य पछ्याउँदै दोस्रो इनिङ्समा ब्याटिङ गरिरहेको जिएचसीएले पहिलो दिनको खेल सकिँदा १५ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केसीटीसी पहिलो इनिङ्समा २४.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो । केसीटीसीका विबेक राना मगरले सर्वाधिक १८ तथा सचिन लखाह १४ रन र निर्भीकले १३ रन बनाएका थिए । बलिङतर्फ जिएचसीएका अरियो पौडेलले ३ तथा सोनु देवकोटा, मोहम्मद हुसेन र विवेक यादवले समान २ विकेट लिए । रासिद खानले १ विकेट लिए ।

जिएचसीएले पनि कमजोर ब्याटिङ गर्दा पहिलो इनिङ्समा २९.४ ओभरमा ६२ रनमै अलआउट भयो । ओपनर आयुशमान बमले १३ रन र सोनु देवकोटाले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले जिएचसीएका लागि दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङतर्फ केसीटीसीका सूर्य तामाङ एक्कैले ७ विकेट लिए भने तिलक भण्डारीले पनि ३ विकेट लिए । पहिलो इनिङ्समा १८ रनको अग्रता बनाएको केसीटीसीले दोस्रो इनिङ्समा २८ ओभर खेल्दै सबै विकेट गुमाएर ९६ रन बनायो । दोस्रो इनिङ्समा केसीटीसीका राहुल भण्डारीले २७ तथा विपिन आचार्यले १७ रन बनाए । सचिन लाखअले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंङ्क छुन सकेनन् ।

बलिङतर्फ जिएचसीएका रसिद खान एक्कैले ५ र अरियो पौडेलले ४ विकेट लिए । यस्तै सोनु देवकोटाले १ विकेट हात पारे ।

हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment