Comments Add Comment

खप्तड गोल्ड कप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार फाइनलमा

१८ फागुन, कैलाली । थ्री स्टार क्लब सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १—० ले पराजित गर्दै थ्री स्टार क्लब उपाधि नजिक पुगेको हो ।

थ्री स्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच थ्री स्टारका अनन्त तामाङ घोषित भए ।

अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम ११ को सामना गर्नेछ ।

शनिवार विभागीय टिम एपीएफलाई २—१ गोल अन्तरले पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ पहिलो पटक फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment