+
+
Shares

मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सनराइज बैंक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १९:०९

१८ फागुन, काठमाडौं । सन्राइज बैंक लि. ले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ ।

बैंकले मोबाइल बैंकिङ्ग सेवा मार्फत नबिनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु बृद्घि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिबृद्घि कार्यक्रमहरु संचालन गर्दै आए बापत सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो ।

मोबाइल बैंकिङ्ग सेवा प्रदायक संस्था एफ वान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार एक कार्यक्रमका बिच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरे ।

डिजिटल भुक्तानी क्षेत्रमा हालसालै स्थापित यस अवार्ड पाउने प्रथम बैंक हुनपाउँदा सन्राइज बैंक परिवार हर्षित भएका छन् ।

१५२ ए.टि.एम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ६ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा बिदेशमा समेत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सन्राइज बैंकले बिभिन्न ब्यापारिक प्रतिष्ठानहरु, होटल, हस्पीटल लगायतको क्षेत्रसँग समन्वय गरी बिभिन्न किसिमका छुट योजना, क्यासब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?