News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिलामा दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।
- मिश्री र परराष्ट्र सचिव अमृतकुमार राईबीच नेपाल–भारत सम्बन्धका समग्र पक्ष र आपसी हितका विषयमा द्विपक्षीय वार्ता हुनेछ ।
- भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने र भोलि नयाँदिल्ली फर्किने कार्यक्रम छ ।
१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।
विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ ।
दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम छ ।
भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया 4