News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी तीन दिन हिमाली र पहाडी भू-भागमा आंशिक बदली र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना जनाएको छ।
- महाशाखाले तराई, उपत्यका र खोँचमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने भन्दै दैनिक जनजीवन, सडक र हवाई यातायात प्रभावित हुन सक्ने जनाएको छ।
- बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
- बिहीबार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
- शुक्रबार र शनिबार पनि हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
१८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी दिनहरुमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार (कार्तिक १८) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा पनि आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
त्यस्तै, बिहीबार (कार्तिक १९) देशका हिमाली तथा पहाडी भू-भागमा र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
शुक्रबार (कार्तिक २०) र शनिबार (कार्तिक २१) पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दुवै दिन तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। शनिबार पनि देशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
प्रतिक्रिया 4