+
+
Shares

खरीपाटीमा खटिएकाहरुलाई धन्यवाद

रोयल आचार्य/चन्द्रबहादुर आले रोयल आचार्य/चन्द्रबहादुर आले
२०७६ फागुन २० गते १८:०२

२० फागुन, काठमाडौं । मंगलबार बिहान भक्तपुरको खरिपार्टीस्स्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुग्दा सुरक्षाकर्मीहरु सरसफाइमा व्यस्त थिए । टेण्टहरु निकाल्ने, टेवलु कुर्सी स्थानान्तरण गर्ने काम भइरहेको थियो ।

‘सबै सामाग्री जहाँबाट ल्याएका थियौं त्यहीँ पुर्‍याउछौं’ सरसफाइको कमाण्ड गरिरहेका नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) विष्णुप्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘सड्ने सामानहरु यहीँ जलाउन सकिन्छ, हाम्रो जिम्मा रहेको भवन भने हामी सीडीओ सा’बलाई हस्तान्तरण गरेर बिदा हुनेछौं ।’

 

नभन्दै केहिबेरमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे पनि आइपुगिन् । हँसिलो मुद्रामा आइपुगेकी उनले त्यहाँ उपस्थित सबैसँग खुसी साट्दै भनिन्, ‘पहिले तनाव थियो, अहिले खुसी छौं । ढुक्क भएपछि खुसी हुनपरिहाल्यो नि ।’

सरसफाई सकिएपछि क्वारेन्टाइन भवनलाई सरकारको जिम्मा लगाउने नेपाली सेनाको तयारी थियो ।

‘डाक्टर नविन कता हुनुहुन्छ ?’ भन्दै एक महिला आइन् । उनी चीनको वुहानबाट उद्दार गरेर १६ दिन खरीपाटी क्वारेन्टाइनमा बसेका मध्ये एक सविरकुमार श्रेष्ठकी आमा विमला रहिछन् । एकपछिमा अरु अभिभावक पनि आइपुगे ।

हातमा फूल र खादा बोकेका उनीहरु क्वारेन्टाइनमा आफ्नो सन्तानको रेखखेद गर्नेहरुलाई धन्यवाद दिन आएका रहेछन् । अनि विमलाले खोजी गरेका नविन नेपाली सेनाका सेनानी हुन् । डा. नविन फुयालसहित नेपाली सेनाका स्वास्थ्यकर्मीीहरु क्वारेन्टाइनमा राखिएकाहरुको उपचारमा १६ दिनसम्म खटिएका थिए ।

अभिभावकहरु भेला भए, क्वारेन्टाइनमा खटिएका सबैलाई फूल दिए, खादा लगाइदिए । अनि प्रमुख जिल्ला अधिकारी र डा. फुयाललाई प्रशंसा पत्र पनि दिए । अभिभावकहरुको तर्फबाट दिइएको प्रशंसा पत्रमा भनिएको छ, ……तपाईहरुले १६ दिनसम्म हेरचाह र रेखदेख गर्नुभयो । यो कार्यको जीवनभर ऋणी रहनेछौं ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेले पनि अविभावकको मुहारमा खुसी देख्दा आफू खुसी भएको बताइन् । राज्यले गर्नु पर्ने कर्तव्य गरेको भन्दै उनले भनिन्, ‘तपाईहरु (अविभावक) ले जुन खुसी व्यक्त गर्नुभयो, यसले हामी झन खुसी भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?