Comments Add Comment

आर्मी आहा रारा गोल्ड कपको सेमिफाइनलमा

२६ फागुन, पोखरा । त्रिभुवन आर्मी क्लब आहा ! रारा गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको तेस्रो क्वार्टफाइनल खेलमा संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।

त्रिभुवन आर्मीलाई जिताउन सुधिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोल गरे । सुधिलले १४ औं मिनेटमा नवयुग श्रेष्ठले मिलाएको बललाई गोलमा परिणत गरे । यस्तै नवयुगले खेलको ७० औँ मिनेटमा र ७४ औँ मिनेटमा विवेक बस्नेतले उत्कृष्ट गोल गर्न सफल रहे ।

खेलमा दुवै टोलीले धेरै गोल गर्ने मौका पाए पनि गोलमा परिणत गर्न सकेनन् । खेलको २३ औं मिनेटमा भरत खवासले मिलाएको ओपन बललाई जर्ज प्रिन्स कार्कीले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले बचाए । यस्तै खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले प्रहार गरेको बल पोस्टबाट बाहिरिए ।

आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग सेमिफाइनल खेल फागुन २९ गते बिहीबार खेल्नेछ । अब सेमिफाइनलका खेल सञ्चालन हुनेछन् । सेमिफाइनलमा आर्मीसँगै मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब र थ्री स्टारले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment