Comments Add Comment

फुटपाथ पसल हटाउन थालियो

९ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौंको फुटपाथ पसल पनि बन्द गराउन थालिएको छ ।

सडकमा सर्वसाधारणको भीड बढी हुने भएकाले फुटपाथमा बसेर गरिने ब्यापार पनि बन्द गराउन थालिएको हो ।

काठमाडौं उपत्यकाका विभिन्न प्रहरी युनिटहरुले आफ्नो क्षेत्रका फुटपाथ पसलहरु बन्द गराउन थालेका छन् ।

आइतबार न्युरोड क्षेत्रको फुटपाथ पसल बन्द गर्न ब्यवसायीहरुलाई आग्रह गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी सुनीलजंग शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment