Comments Add Comment

इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ७९३ को ज्यान

९ चैत, काठमाडौं । चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लोम्बार्डीमा थप कडाइ

इटलीको लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म ३ हजार ९५ मानिसको ज्यान गइसकेको छ । स्थिति भयावह बनेपछि इटली सरकारले त्यहाँ थप कडाइका उपायहरू अघि सारेको छ ।

शनिबार अबेर राति जारी गरिएको नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ । भेन्डिङ मेसिनको प्रयोगमा पनि निषेध गरिएको छ ।

कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नहुँदा स्थिति भयावह बनेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment