Comments Add Comment

जनतालाई घरै बस भन्ने, मन्त्रीचाहिँ डुलेको डुल्यै !

९ चैत, स्याङ्जा । सरकारले जनतालाई सकेसम्म जरुरी काम नपरेसम्म बाहिर ननिस्कन र घरैमा बस्न भनेको छ । २५ जनाभन्दा बढी मानिसहरु एकै ठाउँमा भेला नहुन पनि सरकारले भनेको छ । टेलिफोन र विभिन्न माध्यमबाट सरकारले जनतालाई सचेतनाको सूचना पनि दिइरहेको छ ।

तर, सरकारकै बहालवाला मन्त्री पदमा अर्याललाई भने यो सूचनाले काम गरेन ।

विभिन्न संघ संस्थाले स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ५ बाँसटारीका अग्नीपीडितका लागि संकलन गरेको राहत बाँड्न मन्त्री अर्याल आइतबार भीडभाडका साथ गाउँमा पुगेकी हुन् ।

मन्त्री अर्यालले गत फागुन २९ गते भएको आगलागीबाट क्षति ब्यहोरेका पीडितहरुमध्ये घरगोठमा पूरै क्षति भएका सन्तोष न्यौपानेलाई १ लाख १५ हजार रुपैयाँ नगदसहित जस्तापाता र कम्बल हस्तान्तरण गरिन् । उनले गोठ जलेका नेत्र न्यौपानेलाई ४५ हजार रुपैयाँ दिइन् । ताराप्रसाद न्यौपाने र चोलाकान्त न्यौपाने ४२/४२ हजार रुपैयाँ प्रदान गरिन् । घरमा आंशिक क्षति भएका रामप्रसाद न्यौपानेलाई १७ हजार रुपैयाँ मन्त्री अर्यालले हस्तान्तरण गरिन् ।

मन्त्री अर्यालले आफ्नोतर्फबाट प्रतिव्यक्ति १०/१० हजार रुपैयाँ बराबरका जस्तापाता हस्तान्तरण गरेकी थिइन् । बाँकी सहयोग स्याङ्जा सहयोग समाज जापान, कोटाकोटका शोभाकान्त पाण्डे, स्याङ्जा पोखरा सम्पर्क समाज, युवा संघ र नेकपा वडा नम्बर ५, कालिगण्डकी सरोकार समाज, दुरदर्शी युवा क्लव लगायतले संकलन गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा २५ भन्दा बढी मानिस भेला नहुनू भन्ने सरकारी आदेशसमेत बहालवाला मन्त्रीकै तर्फबाट उल्लंघन भएको स्थानीयले बताए ।

स्याङजा पुगेकी मन्त्री अर्यालले शनिबार विपद व्यवस्थापन समितिको बैठकमा २० हजार मास्क र एउटा थर्मोमिटर सहयोग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment