+
+
Shares

अन्ततः साढे ३ घन्टापछि सिल्क एयरबाट यात्रु ओरालियो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते ०:१५

८ चैत, काठमाडौं । कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि विमानस्थलमा रोकिएको सिल्क एयरको विमानबाट यात्रुलाई ओरालिएको छ ।

करिब साढे ३ घन्टासम्म यात्रुको नारावाजीपछि विमानस्थल प्रशासनले यात्रुलाई ओरार्ने निर्णय गरेको हो । सिंगापुरबाट आएको उक्त विमानमा रहेका प्रतिबन्धित मुलुकका विदेशी पनि नेपाली मुलकै व्यक्ति रहेको जनाइएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले यात्रुलाई ओरालिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइन, आइसोलेसन वा होम क्वारेन्टाइन मध्ये एकमा यात्रुलाई राखिनेछ ।’

सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका थिए । उनीहरुले पनि केहीबेर विमानस्थलमा होहल्ला गरेका थिए । अहिले भने होटलमा लगेर राखिएको छ ।

प्रतिबन्ध उल्लंघन गर्दै ६१ नेपाली काठमाडौं आइपुगे, क्वारेन्टाइनमा पठाइयो

नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै यसअघि विदेशी विमान कम्पनीहरुले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए ।

अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?