Comments Add Comment
विचार :

महामारीका लागि शून्य संख्या पनि धेरै हुनसक्छ

सोभियत संघमा कसरी फैलिएको थियो भारतको बिफर ?

Photo Credit : AFP/ GETTY IMAGES

‘क्वारेन्टाइनमा बस्नुपर्ने ११,७५५ जना कहाँ छन्, सरकारलाई थाहा छैन‘ भन्ने अनलाइनखबरको समाचारले कोभिड-१९ को विश्व महामारीमा नेपालको अनुक्रियाको तदारुकतालाई चुनौति दिएको छ । साथै यसले मुलुक कुनै पनि बेला विश्व महामारीको चपेटाभित्र पर्ने सन्त्रास पैदा गरेको छ ।

११,७५५ संख्या विशाल हो । तथापि, महामारीका लागि शुन्य (०) संख्या पनि काफी हुन सक्छ । महामारीको इतिहासमा यस्ता धेरै मामिलाहरु अभिलेख गरिएका छन् ।

अमेरिकाकी टाइफाइड मेरी, बेलायतकी कलेराकी श्रीमती गोर र तत्कालीन सोभियत संघका कोकोरेकिनका मामिलाहरुले महामारीमा ० संख्या किन संवेदनशील-महत्व हुन्छ यो बुझ्न आवश्यक छ ।

तर, कोभिड-१९ महामारीको प्रकोप रोक्न प्रयास भइरहेका बखत यति विशाल सन्देहात्मक संख्या उर्वरशील जमीनमा मिसिनु बारुद बिछ्याउनु नै हो ।

जब ० संख्या सतहमा निस्कन्छ

कतिपयलाई लाग्न सक्छ, ० संख्या नै होइन । तर, महामारीको प्रकोपको शुरुको संख्या ० हुन्छ । यही ० संख्याले  महामारीको प्रकोपको पैँया धकेल्न थाल्छ । यसरी नै सोभियत संघमा ० संख्याले सन् १९५९ मा एक महामारीको त्रास मच्चायो । त्यो ० संख्या २३ डिसेम्वर १९५९ मा दिल्लीबाट हवाइजहाज चढेर मस्को विमानस्थलमा उत्रिएको थियो । त्यसको नाम थियो- अलेक्साई कोकोरिन ।

अलेक्साई कोकोरिन

ती अलेक्साई कोकोरिन याने ० संख्याका बारे भिक्टर जुएभले आफ्नो पुस्तक ‘द मेनी फेसेस अफ दि भाइरसः सेक्रेट अफ ल्याटेन्ट इन्फेक्सन्स’ मा सविस्तार व्याख्या गरेका छन् ।

अलेक्साई कोकोरिन एक प्रख्यात चित्रकार थिए । उनी सरकारी निमन्त्रणमा भारत भ्रमणमा थिए । उनले एक घाटमा एउटा बाहुनलाई चितामा जलाइरहेको देखे ।

उनी त्यो दृश्यले भावुक र संवेदनशील भए । आश्चर्यचकित हुँदै छेउमा राखिएका शङ्ख र पूजा सामग्रीहरु ओल्टाई पल्टाई हेरे । त्यहाँको दृश्यलाई जलिरहेको चिता छेउमा बसेर चित्र कोरे ।

कोकोरिनको भारत भ्रमण सुखद रहृयो । प्रख्यात चित्रकार भएको हुँदा उनले अनेकन उपहारहरु पाएका थिए । कैयन उपहारहरु मस्कोका आफ्ना हितैषीहरुलाई उपहार दिन आफैंले किने । उपहारहरु मध्ये एक आकर्षक उपहार दिन सोझै घर नगई उनी आफ्नी गुप्त नवदुलहीकहाँ पुगे । त्यहाँ उनले रात बिताए ।

भोलिपल्ट घर पुग्दा उनले आजै आएको भनेर घरकी श्रीमतीलाई ढाँटे । यसबारे ‘ग्राण्ड मास्टर एण्ड पर्ल’ का लेखक इल्या यूवेर्स्कीले लेखेका छन् ।

उपहारहरु घरकी श्रीमती लगायत र अरु हितैषीहरुलाई दिए । यसबीचमा उनले केही मित्रहरुसँग खुशी साटासाट पनि गरे । तर, यसैबीच उनलाई सामान्य रुघाखोकी शुरु भयो । यसो हुनु डिसेम्बरजस्तो जाडो महिनामा सामान्य कुरा नै थियो ।

अचानक राति ज्वरो अति नै बढ्यो । कडा खोकी लाग्यो ।

मिल्टन लिटेनवर्ग र साथीहरुले लेखेको ‘दि सोभियत बायोलजिकल वेपन्स प्रोग्रामः हिस्ट्री’ मा भनिएको छ- बिहान उनलाई सामान्य फ्लूका लागि बिटकन अस्पतालमा भर्ना गरियो ।

उनलाई फ्लु भएका अन्य बिरामीहरुसँगै उपचार थालियो । त्यहाँको उपचारले केही असर गरेन । उनका शरीरमा बिमिराहरु उत्रन लागे । यो देखेर चिकित्सकले उनको जुम्राले सार्ने टाइफस भनी उपचार शुरु गरे।

‘यो बिफर हुन सक्छ’- एक प्रशिक्षार्थी चिकित्सक सावधानीपूर्वक फुस्फुसाए । तर, वरिष्ठ चिकित्सकहरुले हाँसोमा उडाइदिए ।

आखिर २९ डिसेम्बरमा कोकोरिनको मृत्यु भयो । तर, एक महान चित्रकार ५३ वर्षीय कोकोरिन के कारणले मरे, चिकित्सकहरुले भेउ नै पाएनन् ।

तर, कथा यति मै सकिएन । एकाएक ० संख्याको भुतको साया सोभियत संघमा बेग मार्न थाल्यो ।

० संख्याको भूतको साया पछाडि सोभियत सेना

सन् १९६० को नयाँ वर्ष मस्कोबासीहरुले उत्साहका साथ मनाए । तर, ० संख्याको भुतको सायाले मस्कोलाई लपेटिसकेको थियो ।

यसैबीच ज्वरो, खोकी, छालामा बिमिराका लक्षणहरु भएका बिरामीहरुले मस्कोका अस्पतालहरुमा खचाखच हुन थाले । अनकेन बौद्धिक बहसपछि निष्कर्ष आयो – लौ बित्यास भो, मस्कोमा बिफरको प्रकोप !

बिटकन अस्पतालका प्रशिक्षार्थी चिकित्सकको २८ डिसेम्बरको त्यो बिफर फुस्फुसाहटको प्रतिध्वनी जनवरी १५ मा सरकारले सुन्यो । त्यसपछि ० संख्याको भूतको सायालाई समात्न मस्कोका सबै अस्पतालहरु, क्लिनिकहरु, प्रहरी र केजीबीका सबै अङ्गहरु परिचालित गरिए । त्यसको काम थियो- भाइरसका सम्भावित बाहकहरु खोज्नु ।

त्यसपछि कोकोरेकिनकी गुप्त नवदुलही लगायत सबै नातेदारहरु, भारतबाट ल्याइएको उपहार पाउने सबै मित्रहरु लगायत उनीसँग बोल्ने सबै क्वारेन्टिनमा राखिए । उनकी छोरीलगायत सो विश्वविद्यालयमा पढ्ने १५० जनालाई सिधै अस्पताल पुर्‍याइयो ।

संख्या ० को साया फैलन नदिन चलिरहेका रेल र उडिरहेका प्लेनका यात्रुहरुलाई मस्को पस्न नदिन बीच बाटोबाटै आ-आफ्ना स्थानमा र्फकन लगाइयो ।

संख्या ० का कारण क्वारेन्टाइन, संक्रमित र मृत्यु कति ?

लेखक कोमल भट्टराई

कोकोरेकिनको देहान्तपछि महामारीको प्रकोप रोक्न तत्कालीन सोभियत सरकारले व्यापक ननमेडिकल हस्तक्षेप शुरु गर्‍यो । मस्कोका अस्पतालहरुलाई तयारी अवस्थामा राखेर यसले ० संख्याका प्रत्यक्ष वा अप्रत्यक्षमा सम्पर्कमा आएका ९,३४२ व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखियो । ० संख्याका कोकोरेकिन राखिएको बटकिन अस्पताललाई लकडाउन गरियो । बृहत स्तरमा स्क्रिनिङ्ग गरियो र ४६ व्यक्तिमा संक्रमण भएको पुष्टि गरियो । अन्ततः ३ व्यक्तिको मृत्यु भयो (Barojan & Serenko, 1961) । मृत्यु संख्याका बारेमा मारेन्निकोभा र बिटल्सले ३ भन्दा बढी भएको लेखेका छन् ।

अक्टोबर क्रान्तिपछि अपि्रल १९१९ मा लेनिनद्वारा हस्तारित विफर खोप अनिवार्य लगाउने सम्बन्धमा आदेश गरियो । त्यसैको परिणाम १९३६ देखि १९५९ सम्म सोभियत संघमा बिफरका मामलाहरु सतहमा देखिएका थिएनन् (VasilÚev & VasilÚev, 1982)।

तर, भारतीय बाहुनको भाइरस बोकेर एक तुर्की मूलका रुसी नागरिक मस्को पुगेको परिणामस्वरुप सोभियत संघ एक महामारीको चपेटामा पर्न गएको थियो ।

यद्यपि सोभियत अधिकारीले बिफरको प्रकोप भएको जानकारी जनवरी १५ सुनेका थिए । त्यसबीचमा व्यापक खोज र स्त्रिmनिङ्ग अभियान चलाउँदै जनवरी २१ बाट मुलकभर आकस्मिक खोप अभियान शुरु गरे ।

आश्चर्य लाग्न सक्छ कि सोभियत संघका स्वास्थ्यकर्मीहरुले २१ देखि २७ जनवरी १९६० सम्मको एक हप्ताका वीचमा करीव ६१ लाख ८७ हजारलाई खोप दिएका थिए । त्यसपछि एरालको एक दुर्घटनाबाहेक बिफरको प्रकोप सोभियत संघको सतहमा आएन ।

भनिन्छ- रुसी महासंघ र संयुक्त राज्य अमेरिकामा बिफर उन्मूलन त भयो । तर, त्यहाँ बिफरको भाइरस समूल नष्ट भएको छैन ।

११,७५५ मा केवल संख्या ० भए के हुन्छ ?

हामीसँग लेनिनका शिष्य र स्टालिनका अनुयायीहरु सरकारमा छन् । तर, मस्को अस्पतालका स्वास्थ्यकर्मीहरु, प्रहरी तथा केजीबीका आत्मा बोकेका सरकार र मातहतका कर्मचारीहरु छैनन् । यसैकारण तीन दिनमा नै सरकारले गरेका आफ्ना घोषणाहरु हावामा बिलाउने संकेत देखिँदैछ ।

अनलाइनखबरका अनुसार अध्यागमनबाट ११,७५५ व्यक्तिहरु प्रवेश हुँदासम्म अनिवार्य क्वारेन्टाइन र्फम नै हेल्थ डेस्कमा पुगेको थिएन । त्यसैले ‘ट्राभल हिस्ट्री’सम्बन्धी र्फम मात्र भराइएको थियो । यस र्फमले फिर्ती भएको देशको नाम, स्वास्थ्य अवस्था र जाने ठाउँबारे जानकारी त हुन्छ । तर, यदि र्फकनेहरुले क्वारेन्टाइनमा बसिदिएनन् भने कुनै पनि ० संख्याले समुदायमा भाइरस फैलाउन व्यापक अवसर प्राप्त गर्छ ।

यसै समाचारका अनुसार कतिपय त काममा नै प्रवेश गरिसकेका छन् । कथंकदाचित त्यो ११,७५५ व्यक्तिहरुमा कुनै ० संख्या भइदियो भने महामारी प्रकोप हुने र विस्तार हुन सक्नेछ ।

यसैगरी समाचारमा भनिएअनुसार ‘जतिबेला संक्रमण भित्रिएको पत्ता लाग्छ, त्यसबेलासम्म उसले प|mन्टफेसमा भेटेका मानिसहरुको ट्रेसिङ गरेर परीक्षण, आइसोलेसन र क्वारेटाइनमा पठाउनसमेत मुस्किल हुन्छ।’

ननमेडिकल हस्तक्षेप बढी, क्लिनिकल हस्तक्षेपको तयारी

महामारीको इतिहास अध्ययन गरियो भने कैयन रोगहरुको शमन र उन्मूलन मेडिकल हस्तक्षेपबाट अति नै नगण्य तर नन-मेडिकल हस्तक्षेपबाट अत्यधिक भएका छन् ।

भारतको सुती (कपडा) अङ्ग्रेजले लगेपछि बेलायतमा टाइफस उन्मूलन, टेम्स नदीमा दिशा गर्नेलाई पेनाल्टी दिएपछि कलेरा नियन्त्रण, गाईको दूधको पाश्चराइजेसनपछि टीबीको न्यूनीकरण, पानीको उपचारले भाइरल कमलपित्तको रोकथाम आदिमा ननमेडिकल प्रभावकारी हस्तक्षेप नै सावित भएका छ ।

माथि उल्लेखित रुसका चित्रकार कोकोरेकिनको मामिलाबारे यहाँ प्रस्तुत गरिनुको कारण पनि यही ननमेडिकल हस्तक्षेपको उपादेयता पनि बुझाउन हो ।

वर्तमान कोभिड-१९ नेपालमा आयातीत मामिला हो । यस मामिलाको ननमेडिकल हस्तक्षेप भनेको सर्वप्रथम अध्यागमन कार्यालयबाट ‘भाइरस’ लाई आगमन भिसा नदिनु हो ।

यसका लागि रोगमुक्त प्रमाणपत्रका साथै सेल्फ क्वारैन्टाइनको कडा पालन गराउन सक्ने सञ्जाल निर्माण गर्नु हो ।

हुन त यो आलेख गर्ने क्रममा नेपाल-भारतबीचको हवाइ यातायातमा रोक लगाइएको छ । तर, हामीबीच भारतसँगको खुला सीमा आँ गरेर बसेको छ । यदि नियमित र व्यवस्थित गरिएन भने त्यसको मुखको सासबाट ‘भाइरस’ प्रवेश हुने सम्भावना रहिरहन्छ । सरकारले यसको मुख ट्याप्प बन्द गर्न सम्पूर्ण बल लाउनुपर्छ ।

‘भाइरस’ को विस्तार हुन नदिन हामी जनताको अत्यन्तै जिम्मेवारी छ । यसलाई हामीले भुल्नुहुँदैन । त्यो के भने- हाल मुलुकिभत्र प्रवेश गरेका आफ्ना प्रियजनहरुलाई आइसोलेसन वा क्वारेन्टाइनमा राख्न लगाउनुपर्छ ।

सरकारलाई नताकौं- त्यो तपाईंकहाँ आइपुग्दैन । एक त योसँग स्रोत, साधन र संरचनाको कमी छ, साथै गम्भीर प्रतिवद्धता पनि ।

यदि महामारी भित्रिएर संक्रमितहरु यत्रतत्र देखिए भने हाम्रा अस्पतालहरुले धान्न सक्ने गरी तयारीमा छैनन् । र, गरीव मुलुकले तत्काल तयार गर्न पनि सम्भव छैन ।

निजी अस्पतालहरु नाफामुखी छन् र तिनको मिसन जनस्वास्थ्य पनि होइन । त्यसमाथि ती अधिकांश मास्क र पीपीई चीनबाट झिकाउनेहरुका चंगुुलमा छन् । र, तिनीहरुले अहिलेसम्म म्याण्डेटरी शर्तहरु त पूरा गरेका छैनन् भने सामाजिक जिम्मेवारी पूरा गर्लान्, सोच्न सकिँदैन । आश गरौं, ती परिवर्तन होउन्।

अन्तमा,

जनता सकभर व्यक्तिगत अलग रहौं । सरकारले आयातीत भाइरसलाई भिसा नदेओस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment