Comments Add Comment

अत्यावश्यक वस्तुको भन्सार जाँचपास दुई घण्टाभित्र गर्न निर्देशन

९ चैत , काठमाडौं । भन्सार विभागले अत्यवश्यक वस्तुको भन्सार जाँचपास दुई घण्टाभित्र पुरा गर्न मातहतका भन्सार कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै विदेशबाट आयात हुने औषधिजन्य वस्तु, सुरक्षा कवज, खाद्य वस्तु, पेट्रोलियम पदार्थ र एलपी ग्यास जस्ता वस्तुको भन्सार पासमा बिलम्ब नगर्न आग्रह गरेको हो ।

‘आयात हुने मास्क, सेनिटाइजर, सर्जिकल ग्लोब्स, औषधी तथा सोका कच्चा पदार्थका साथै सबै अति उपभोग्य वस्तु तथा इन्धन र पेट्रोलियम दुई घण्टाभित्रै पास गर्नू’ विभागको निर्देशनमा भनिएको छ ।

विभागले भन्सारमा हुने कनै पनि खाले समस्या तत्काल समाधान गर्न समन्वय टोली पनि बनाएको छ ।

विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीसहितको पाँच सदस्सीय क्वीक रेस्पोन्स टिमले भन्सारमा देखिने समस्याको केन्द्रीय तहबाट समाधानको पहल गर्ने जिम्मेवारी तोकिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment