Comments Add Comment

गुल्मीमा पसल र यातायात सेवा बन्द

१० चैत, गुल्मी । गुल्मीमा पसल र यातयात सेवा बन्द भएका छन् । विश्वव्यापी रुप लिइरहेको नोवेल कोरोना भाइरस (कोडिभ-१९) को संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै व्यवसाय बन्द गरिएको गुल्मी उद्योग वाणिज्य संघ जानकारी दिएको छ ।

संघले तम्घास बजारसँगै जिल्ला सदरमुकाम बाहिरका मुख्य बजार रिडी वामीटक्सार, वलेटक्सार, सिमलटारीलगायत ग्रामीण भेगका मुख्य बजारहरु पनि बन्द गराएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ ।

नेपाल खुल्ला सीमा नाकाका कारण पनि असुरक्षित रहेकाले कोरोना संक्रमितहरु नेपाल छिर्न सक्ने भन्दै गुल्मीमा सोमबारदेखि शनिबारसमम पसल व्यवसाय तथा सार्वजनिक यातयात सेवा बन्द गर्न अनुरोध गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । पछिल्लो केही दिनयता जिल्लामा भित्रने यात्रुहरुको संख्या अत्याधिक बढेको छ ।

जिल्लाभन्दा बाहिर रहेका यतिबेला कोरोनाको त्रासका कारण गाउँ फर्किनेको संख्या अत्याधिक बढेको हो । यो समयमा बिना चेकजाँच जिल्लामा यात्रुहरु अत्याधिक रुपले भित्रिरहेको उल्लेख गर्दै यसले कोरोनाको उच्च जोखिम हुने भएकाले सर्तकता स्वरुप सोमबारदेखि जिल्लाका सम्पूर्ण व्यापार व्यवसाय, सार्वजनिक यातयात बन्द गर्न अनुरोध गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष भलामीले बताए ।

अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफूल, दूध तथा औषधिको पसल साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खुल्ला गर्न पनि उद्योग वाणिज्य संघ गुल्मीले आग्रह गरेको छ ।

बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्याँस, पेट्रोल, औषधिको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्न समेत उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

बजारमा अत्यावश्यक खाद्यान्न, ग्याँस, पेट्रोल लगायतका उपभोग्य बस्तु सहज रुपमा नपाए गुल्मी उद्योग वाणिज्य संघलाई खबर गर्न पनि आग्रह गरिएको छ । यो समयमा बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि स्वंयम उपभोक्ताहरुको पनि महत्वपूर्ण भूमिका रहने अध्यक्ष भलामीले बताए ।

उनले उपभोक्ताहरुलाई डिलरबाट ग्याँस साट्दा १४ सय २५ रुपैँया मात्र लाग्ने जानकारी दिए । सदरमुकाम तम्घासमा ग्याँसका डिलरहरु ६ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment