Comments Add Comment

रिपोर्टमा गडबडी भएको कनिकाको आशंका

कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख छ । यसैले पनि उनले रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन ।

कनिकाले यस्तो आशंका गर्दा डाक्टरले भने उपचारमा सहयोग नगरेको आरोप लगाएका छन । डाक्टरले उनले अस्पतालमा हरेक सुविधा खोजेको आरोप पनि लगाएका छन ।

उनले उपचारका क्रममा स्टारडम देखाउन खोजेको आरोप डाक्टरको छ । उनको मागका कारण अस्पतालका कर्मचारी नै दिकदार भएको समेत भारतीय मिडियामा खबर छ ।

तर, कनिकाले एक भारतीय अनलाइनसँग कुरा गर्दै डाक्टरले आफुलाई धम्की दिएको आरोप लगाएकी छिन । उनले, निकै नै खराब अस्पतालमा आफुलाई राखिएको पनि आरोप लगाएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment