Comments Add Comment

कोरोना कोषलाई वसन्त चौधरीको १ करोड

१० चैत, काठमाडौं । सरकारले घोषणा गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका छन् ।

सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले जनाएका छन् ।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिक/वसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाखबराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने छ,’ चौधरीले सहयोग घोषणा गर्दै ट्विटरमा लेखेका छन् ।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार कोरोना कोष स्थापना गरेकाे छ ।  ५० करोडको कोष स्थापना गरेको सरकारले सहयाेग गर्न सबैमा आग्रह गरेको छ । कोष स्थापनासँगै एनआरएनएलगायतका विभिन्न संस्थाहरूले सहयोग घोषणा गरिरहेका छन् ।
यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न एनआरएनले नेपाल सरकारलाई एक करोड सहयोग गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment