Comments Add Comment

कोरोनाविरुद्ध लड्न एनआरएनले नेपाल सरकारलाई एक करोड सहयोग गर्ने

बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएन) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद (आईसीसी) को बैठकले गरेको हो ।

संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गरेको थियो। सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् । अन्य व्यक्ति वा संस्थाहरुले पनि स्वेच्छाले सो कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

एनआरएनएले यसअघि श्रमिक कल्याणकारी कोषका लागि एक करोड ६ लाख रूपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment