Comments Add Comment

एनआरएनएले श्रमिक कल्याणकारी कोषका लागि एक करोड सहयोग गर्ने

१० अर्व लगानी भित्र्याउने अध्यक्ष पन्तको संयोजकत्वमा समिति गठन

३ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि एक करोड ६ लाख सहयोग गर्ने भएको छ ।

नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको पहिलो बैठकमा एनआरएनका सदस्यहरुले वैदेशिक रोजगारीका पीडितहरुको सहयोगका लागि स्थापित कोषमा उक्त रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नवनिर्वाचित अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका पदाधिकार तथा सदस्यहरुले कोषका लागि रकम सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । कोषबाट निश्चित मापदण्डका आधारमा विदेशमा रोजगारीका क्रममा पीडितहरुलाई सहयोग गर्ने गरिएको छ ।

पहिलो बैठकले बिभिन्न १९ वटा एजेण्डामाथि छलफल गरी यसअघि नै सुरु गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिँदै अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको छ ।

सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ ।

पूर्वाधार विकासका लागि १० अर्बको लगानी भित्र्याउने अभियान अघि बढाउन अध्यक्ष पन्तको संयोजकत्वमा समिति बनाइ १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ ।

संघको निर्वाचन विधुतीय मतदानमार्फत गर्न र निःशुल्क सदस्यताबारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा समिति गठन गरेकको छ । समितिमा महासचिव डा। हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन् ।

संघको काठमाडौंस्थित सचिवालयलाई चुस्त बनाउन महासचिव शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

सँस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ।

एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णयसमेत गरिएको एनआरएनएको सचिवालयले जनाएको छ ।

एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णयसमेत भएको छ ।

क्षेत्रीय सम्मेलन मध्यपूर्वमा

पहिलो वैठकले एनआरएनएको क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय गरेको छ । मध्यपूर्वका एनआरएनए अभियन्ताले यसअघि आफूहरुलाई भोट बैंकको गुनासो गर्दै आएका थिए ।

यस क्षेत्रका प्रतिनिधिहरुको भावना र चाहनालाई सम्बोधन गर्नका लागि क्षेत्रीय बैठक मध्यपूर्वमा गर्ने निर्णय गरिएको हो ।

यस्तै, महासचिव शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णयसमेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ।

आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा कार्यशालाको आयोजना गर्ने भएको छ।

संघमा अब ५ विभाग बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग ९वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यवपार तथा लगानी, सीप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन० निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ।

संघको प्रमुख संरक्षकमा शेष घले

पहिलो बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्यसमेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा। शेष घलेलाई चयन गरिएको छ ।

अन्य संरक्षकहरुमा पूर्वअध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा रहेका छन् ।

संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोलाई भने संघको उच्च बरियतामा राख्ने निर्णय बैठकले गरेका एनआरएनए सचिवालयले जनाएको छ ।

बैठकले ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहाकार समितिमा निवर्तमान उपाध्यक्ष कूल आचार्य (युके), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी.बी कार्की (कतार), सोम सापकोटा (माल्ट), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment