२९ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमीबाट वेपत्ता भएका ८८ वर्षीय वृद्ध १० दिन बित्दा पनि फेला पर्न सकेका छैनन् ।
मध्यपुर थिमी नगरपालिका–७ नगदेश ध्वाकासीका ८८ वर्षीय जगतलाल वादे १८ भदौमा वेपत्ता भएका थिए । ५ फिट ८ इन्च उचाई भएका वृद्ध मध्यपुर थिमीबाट १८ भदौको ११ बजेदेखि वेपत्ता भएका हुन् ।
उनी वेपत्ता भएसँगै प्रहरी वृत्त थिमीमा खोजिगरिदिन निवेदन दिए पनि अहिलेसम्म फेला नपरेको उनको परिवारले बताएको छ ।
हराएको बेला दौरा सुरुवाल, ढाकाटोपी र कालो कोट लगाएको परिवारले बताएको छ । उनी नेवारी भाषा बोल्ने गर्छन् । उनलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा आफन्तको नम्बर ९८२६५१९६४८ वा ९७४९०७९२७० मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4