+
+
Shares

कोरोनाले सबै किसिमको प्रेम गर्ने मौका दिएको छ: अनुष्‍का

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १५:१९

कोरोनाबाट सुरक्षित रहनको लागि बलिउड नायिका अनुष्का शर्मा पनि सेल्फ आइसोलेशनमा बस्न थालेकी छिन् । उनी त्यहाँ आफ्नो श्रीमान विराट कोहलीसँग बस्न थालेकी हुन् ।

अनुष्का आइसोलेशनमा बस्नु आफ्नो लागि फाइदाजनक भएको बताउँछिन् । सामाजिक संजालमा श्रीमानसँगको एक तस्विर सार्वजनिक गर्दै यो समय प्रेम गर्नको लागि भएको अनुष्काले उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सेल्फ आइसोलेशनले हामीलाई सबै किसिमको प्रेम गर्न सहयोग गरेको छ ।’

सार्वजनिक तस्विरमा अनुष्का र विराट एक-अर्कामा निकै खुसी देखिएका छन् । प्रेम बिबाह गरेका उनीहरुलाई धेरैले सुन्दर जोडी भएको प्रतिकृया दिएका छन् ।

अनुष्का र विराटमात्र होइन, अहिले बलिउडमा अधिकांश कलाकारहरु सेल्फ आइसोलेशनमा बस्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?