+

टोकियो ओलम्पिक सर्ने निश्चित

२०७६ चैत  ११ गते ८:४१ २०७६ चैत ११ गते ८:४१
टोकियो ओलम्पिक सर्ने निश्चित

काठमाडौं । यही वर्ष जुलाई अगष्टमा जापनमा हुने तय भएको टोकियो ओलम्पिक स्थगित हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका भेट्रान सदस्य डिक पाउण्डले टोकियो ओलम्पिक २०२१ को लागि सर्ने बताएका हुन् ।

उनले तोकिएकै समयमा ओलम्पिक हुन नसक्ने बताए । सोमबार युएसए टुडे संगको अन्तर्वार्तामा पाउण्डले ओलम्पिक स्थगित हुने बताएका हुन् । आइओसीसंगको भएको सुचनाको आधारमा स्थगित गर्ने निर्णय भइसकेको छ ।

यद्यपी यो निर्णय आईओसीकै आधिकारिक निर्णय भने होइन । सोमबार दिउँसो मात्रै आईओसी अध्यक्ष थोमस बाकले टोकियो ओलम्पिक बारे निर्णय अबको चार सातापछि हुने बताएका थिए । उनले ओलम्पिक रद्ध गर्ने कुनै मनसया नरहेको र सार्न सकिने बारे छलफल भएको बताएका थिए ।

आआईओसी सदस्य डिक पाउण्डले अहिले निर्णय भइनसकेको तर आफूले थाहा पाएसम्म जुलाई २४ देखि ओलम्पिक गेम्स शुरु नहुने बताए ।

सोमवारै जापानी प्रधानमन्त्री शिन्जो आबेले पनि टोकियो ओलम्पिक सर्ने सक्ने संसदमा जानकारी गराएका थिए । उनले जापान ओलम्पिक गर्न तयारी गरिरहेको तर कठिन अवस्था आएमा सार्नुको विकल्प नभएको बताएका हुन् ।

यदि तोकिएकै समसयमा ओलम्पिक भए क्यानडा र अष्ट्रेलियाले आफ्नो खेलाडी नपठाउने समेत निर्णय गरिसकेको छ । क्यानडाले टोकियो ओलम्पिक एक वर्ष पछि सार्न प्रस्ताव गरिसकेको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय