Comments Add Comment

लकडाउनमा ३७ हजार मेट्रिक टन खाद्यान्न आयात, चामल ४ महिनालाई पुग्ने

२८ चैत, काठमाडौं । सरकारले लकडाउनको समयमा पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आपूर्ति व्यवस्था सहज रहेको बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार २३ बुँदे कार्य प्रगति सार्वजनिक गर्दै लकडाउनको १७ दिनसम्म आपूर्ति व्यवस्था सामान्य रहेको बताएको हो ।

इन्धन तथा खाद्य वस्तुको आपूर्ति सहज रहेको, खाद्यान्न, तेलहन, खानेपानी, दुग्ध पशुपन्छीका दाना, औषधि र इँटा जस्ता उद्योगहरु नियमित सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

सरकारी संस्थान तथा निजी क्षेत्रसँग गरेर तीन महिनाका लागि पुग्ने चामल, दलहन तथ तेलहनको मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल सरकारी र निजी क्षेत्रसँग एक लाख २५ हजार दुई सय ९० मेट्रिक टन चामल, १६ हजार ८१ मेट्रिक टन गेडागुडी र दाल एवं १६ हजार आठ सय ६८ मेट्रिक टन तेल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

यसअनुसार चामलले चार महिना, दाल तथा गेडागुडी तीन महिना र तेलले तीन महिनाको माग धान्न सक्ने मन्त्रालयको भनाइ छ । त्यस्तै नुन र चिनी पनि पर्याप्त रहेको सरकारको भनाइ छ ।

लकडाउन सुरु भएपछिको १७ दिनमा ३७ हजार तीन सय ३४ मेट्रिक टन खाद्यान्न, १४ हजार ५४ मेट्रिक टन गेडागुडी तथा दलहन, २१ हजार छ सय २६ मेट्रिक टन तरकारी, पाँच हजार नौ सय ६२ मेट्रिक टन फलफूल, ८० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् मन्त्रालयको प्रगति विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment