+
+
Shares

खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो, सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले चर्को मूल्यका बाबजुत सहज रूपमा बजार सामान पाउन सक्ने अवस्था नरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका सांसदहरूले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
  • सांसद कृष्णबहादुर रोकायाले बजारमा सामानको अभाव र चर्को मूल्यले जनताको दैनिकी प्रभावित भएको बताउँदै एलपी ग्याँसको मूल्य घटाउन माग गरेका छन् ।
  • सदनमा सुस्ता क्षेत्रमा भारतीय एसएसबीको प्रवेश, दलित समुदायको आवास समस्या र पूजा धानुकको निधनजस्ता समसामयिक विषयमाथि पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

१८ साउन, काठमाडौं । खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै यो विषय संसद्मा उठेको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले चर्को मूल्यका बाबजुत सहज रूपमा बजार सामान पाउन सक्ने अवस्था नरहेको बताए ।

उनी भन्छन्, ‘जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाद्ययान्न लगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिले आकाश छोएको छ भने अर्कोतिर चर्को मूल्यका बाबजुत बजारमा सामान सहज रूपमा नागरिकले प्राप्त गर्न सकिरहेका छैनन् ।’

छिमेकी देश भारतमा एलपी ग्याँसको मूल्य पटक–पटक घट्दा समेत नेपालमा नघटेको बताए । उनले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन र सहज उपलब्धताको व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गरेका छन् ।

कांग्रेसकै सांसद पदमबहादुर परियारले माइतीघर मण्डलामा दलित समुदायले सहज रुपमा काठमाडौंम कोठा नपाएको भनेर अनसन चलिरहेको बताए । सरकार कोठा खाली छ भनेर निरन्तर धर्ना भइराखेको विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरीले सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषय उठाइन् । सीमा क्षेत्रमा रहेका नेपालीको सुरक्षाका लागि समेत काम गर्न उनले सरकारलाई आग्रह गरेकी छन् ।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले पूजा धानुकको निधनको विषयमा सरकारको ध्यानाकर्षण गरिन् । महिलासँग सम्बन्धित विषयमा सरकारको तदारुकता कम भएको भनेर नागरिक स्तरमा समेत प्रश्न उठिरहको बताइन् ।

नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले चाडपर्व नजिकिँदै आएको बताइन् । तर यही बेला चामल। दाल लगायतका खाद्यान्न र ग्याँसको मूल्य बढेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।

नागरिकले अनावश्यक रूपम मूल्य वृद्धि सहन नसक्ने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?