Comments Add Comment

गीत : कोरोना

विश्वभरी फैलिएको छ कोरोनाको महामारी ।

बन जङ्गगलमा सल्किएको डढेलोको आगोसरी ।।

 

ईश्वी सम्वत दुइहजार उन्नाइस महिना डिसेम्बर ।

रोग फैलाउने छिमेकी चीनको वुआन सहर ।।

 

विश्वलाई नै चकित पार्ने कोरोना भाइरस ।

नाम यसको राखिएको छ कोभिड–उन्नाइस ।।

राजेशमान के.सी.

 

रुघा–खोकी, ज्वरो अनि सासै फेर्न गाह्रो ।

कोरोनाले बनाएको छ विश्वलाई नै तारो ।।

 

विश्वले नै गरेको छ ‘लकडाउन’ को व्यवस्था ।

कुनै देशमा छैन अहिले निर्मूल हुने अवस्था ।।

 

संसारलाई नै पा–यो यसले त्रसित र बेचैन ।

यसको कुनै खोप अहिले पत्ता ला’ग्या छैन ।

 

थुप्रै देशमा यो रोग अहिले फैलिएको छ ।

लाख बढी मानिसको ज्यान लिएको छ ।।

 

नेपालमा यो रोग अहिले त्यति जटिल छैन ।

त्यो भन्दैमा ढुक्क हुने अवस्था चाहीं हैन ।।

 

कोरोनाको सुनौं केवल सही समाचार ।

भ्रमित खवर फैलाई कति गर्छन् अत्याचार ।।

 

घरमै बस्नु पर्छ हामी सुरक्षित हुन ।

संयम् बनी धैर्यपूर्वक नआत्तिइकन ।।

   गट्ठाघर, भक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment