+
+
Shares

भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या, ११० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते ६:३५
सांकेतिक तस्वीर

८ बैशाख, काठमाडौं । भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या गरिएको विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कठोर दण्ड दिने घोषणा पनि गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक छन् ।

आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए । तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।

पालघर प्रहरीले आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् दिएको छ । पक्राउ पर्नेहरुमा ९ बालबालिकासमेत छन् । १०१ जनालाई यही अप्रिल ३० तारिखसम्मका लागि भनेर हिरासतमा राखिएको छ । प्रहरीले हत्याको अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?