Comments Add Comment

सारीमै हट वर्षा

नायिका वर्षा सिवाकोटी सामाजिक सञ्जालमा खुबै सक्रिय छिन्। वर्षाले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तस्वीरले मिडियामा पनि चर्चा पाइरहेका छन् ।

वर्षाले गसिप बजारमा कसरी रमाउनुपर्छ, सायद बल्ल बुझेको हुनुपर्छ। उनी, अब फ्यानहरूसँग पनि जोडिन थालेकी छिन् ।

सामाजिक सञ्जालमा दर्शकसँगको प्रश्नको जवाफ दिने शैली नेपाली कलाकारहरूले पनि समय-समयमा पछ्याएका छन् । यही भिडमा नायिका सिवाकोटी पनि अगाडि आएकी छिन् ।

लकडाउनको समयमा घरमै रहेकी वर्षाले फ्यानलाई मनमा लागेको प्रश्न सोध्न आग्रह गरेपछि उनलाई केही फ्यानले मनमा लागेको जिज्ञासा सोधे ।

एक फ्यानले उनलाई तपाईंको हट तस्वीर कुन होला भनेर सोधेका छन् । जसमा वर्षाले सारी लगाएको तस्वीर राख्दै धन्यवाद दिएकी छिन् ।

यसबाट बुझ्न सकिन्छ कि, वर्षा सारीमा आफूलाई हट मान्छिन । वर्षाले पूर्व पेमीसँग सम्पर्कमा रहन आवश्यक छ कि छैन ? भनेर सोधिएको एक प्रश्नमा आफ्नो समय बर्बाद नगर्न पनि सुझाव दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमै हट वर्षा

Advertisment