+
+
Shares

केपी ओलीलाई राजेन्द्र महतोको प्रश्न– के यो फोहोरी खेल खेल्ने बेला हो ?

राजपा फुटाउने दिवास्वप्न पूरा हुँदैन, समाजवादीसँग एकता हुन्छ : महतो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते २२:१०

८ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी फुटाउने प्रावधान खुकुलो बनाउन गरेको निर्णयबारे प्रतिक्रिया दिँदै महतोले अनलाइनखबरसँग भने, ‘राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा हुँदैन ।’

सरकारको निर्णयले राजपा फुट्ने होइन, बरु समाजवादीसँग एकता गर्ने आधार बलियो भएको महतोको भनाइ छ ।

‘एकछिनलाई मान्नुस्, सरकारलाई लाग्यो रे, राजपा र समाजवादी नफुटाइ भएन, के यो त्यस्तो फोहरी खेल खेल्नेबेला हो ?’ महतोले अनलाइनखबरसँग भने, ‘जनताको जीवन रक्षा गर्ने बेलामा सरकार यस्तो खेलमा लाग्नु भनेको मानवता विरुद्धको अपराध हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?