
८ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी फुटाउने प्रावधान खुकुलो बनाउन गरेको निर्णयबारे प्रतिक्रिया दिँदै महतोले अनलाइनखबरसँग भने, ‘राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा हुँदैन ।’
सरकारको निर्णयले राजपा फुट्ने होइन, बरु समाजवादीसँग एकता गर्ने आधार बलियो भएको महतोको भनाइ छ ।
‘एकछिनलाई मान्नुस्, सरकारलाई लाग्यो रे, राजपा र समाजवादी नफुटाइ भएन, के यो त्यस्तो फोहरी खेल खेल्नेबेला हो ?’ महतोले अनलाइनखबरसँग भने, ‘जनताको जीवन रक्षा गर्ने बेलामा सरकार यस्तो खेलमा लाग्नु भनेको मानवता विरुद्धको अपराध हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4