Comments Add Comment

रिलायन्स जियोमा ५ अर्ब ७० करोड डलर लगानी गर्दै फेसबुक

१० बैशाख, काठमाडौं । अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा पाँच अर्ब ७० करोड डलर (चार खर्ब ३५ अर्ब ७४ करोड भारु) लगानी गर्ने भएको छ ।

यो लगानीसँगै भारतीय अर्बपति रिलायन्स जियोमा फेसबुकको शेयर ९ दशमलव ९ प्रतिशत हुनेछ । यससँगै फेसबुक कम्पनीको दोस्रो सबैभन्दा ठूलो शेयरधनी बन्नेछ । फेसबुकले भारतमा आफ्नो प्रभाव बलियो बनाउन उक्त लगानीको योजना अघि सारेको हो ।

सन् २०१६ मा स्थापना भएको रिलायन्स जियो भारतको सबैभन्दा तीव्र गतिमा बढिरहेको कम्पनी हो । अहिले यो कम्पनीका ३८ करोड ८० लाखभन्दा धेरै ग्राहक छन् । रिलायन्स जिओ कम्पनी मुकेश अम्बानीको स्वामित्वको रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गत छ ।

फेसबुकका सीईओ मार्क जुकर बर्गले रिलायन्स जियोमा लगानीको निर्णय गरेको बताएका छन् ।

रिलायन्स जियोलाई आगामी पुस्ताको प्रविधि कम्पनीको रुपमा हेरिएको छ । कम्पनीले अहिले नयाँ पुस्ताको प्रविधिको विभिन्न योजना अघि सारिरहेको छ ।

लकडाउनका कारण विश्वको अर्थतन्त्र संकटमा परेको बेला फेसबुकले भारतको डिजिटल अर्थतन्त्रमा लगानीको लागि निकै उत्साहित भएको बताएको छ । आफूहरुको ध्यान भारतीय अर्थतन्त्रको सुधार तथा मानिसहरुको समृद्धिमा केन्द्रित रहने फेसबुकले जनाएको छ ।

स्रोत : लाइभमिन्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment